२०८३, आश्विन २१ गते

images
  • उर्जा
  • असोज मसान्तसम्म १० जलविद्युत् आयोजनालाई निर्माण...

असोज मसान्तसम्म १० जलविद्युत् आयोजनालाई निर्माण अनुमति

असोज मसान्तसम्म १० जलविद्युत् आयोजनालाई निर्माण अनुमति

बुधवार, कार्तिक ५ २०८२०८:५७
बुधवार, कार्तिक ५ २०८२०८:५७
  • images

    काठमाडौँ । विद्युत् विकास विभागले चालु आवको पहिलो त्रैमासमा कूल १० वटा जलविद्युत् आयोजनालाई निर्माण अनुमति प्रदान गरेको छ । ती आयोजनाको कूल क्षमता दुई सय ४१ दशमलव ५० मेगावाट बराबर रहेको छ ।

    विभागले हालसम्म दुई सय ६६ आयोजनालाई निर्माण अनुमतिपत्र प्रदान गरेको छ । ती आयोजनाको कूल क्षमता १० हजार आठ सय २५ मेगावाट रहेको विभागले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।

    विभागले चालु आवको असोज मसान्तसम्ममा लापा खोला (चार दशमलव ७२ मेगावाट), लोअर बरुण (एक सय ३२ मेगावाट), म्याग्दी खोला बी ९ (२ दशमलव ५० मेगावाट), तल्लो लिखु क्यासकेड (६ मेगावाट) लाई निर्माण अनुमति पत्र प्रदान गरेको हो । साथै माथिल्लो मेलम्ची (चार दशमलव ९५ मेगावाट), सुपर सभा खोला (नौ दशमलव ५५ मेगावाट), लोअर मेलम्ची खोला (चार दशमलव ९६ मेगावाट), अप्पर सेती एक (१३ मेगावाट), होङ्गु खोला (२८ दशमलव ९ मेगावाट) र इन्दुवा खोला (२४ दशमलव ९२मेगावाट) लाई निर्माण अनुमतिपत्र प्रदान गरेको हो ।  

     विभागले हालसम्म कूल एक सय ८५ आयोजनालाई सर्वेक्षणको अनुमति दिएको छ । यस्तै विभागका कूल ५९ वटा परियोजनाले निर्माण अनुमतिपत्रका लागि आवेदन दिएका छन् । ती आयोजनाको कूल क्षमता १० हजार पाँच सय ३२ मेगावाट बराबर छ । 

    सौर्य परियोजनातर्फ १२ आयोजनाले निर्माण अनुमतिपत्र लिएका छन् । ती आयोजनाको क्षमता ८४ मेगावाट छ । तीन वटा सौर्य परियोजनाले निर्माण अनुमतिपत्रका लागि आवेदन दिएका छन् । ती आयोजनाको क्षमता १५ मेगावाट छ । निर्माण अनुमतिपत्र लिएपनि काम अगाडि नबढाएका १५ आयोजनाको अनुमतिपत्र खारेज गरिएको विभागले जनाएको छ ।

    निर्माण अनुमतिपत्रका लागि आवेदन दिएका र आवश्यक प्रक्रिया पूरा नगरेका ११ आयोजनाको पनि आवेदन खारेज गरिएको छ । त्यस्तै, एक सय १८ वटा आयोजनाको सर्वेक्षण अनुमतिपत्र खारेज गरिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend