२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • प्रधानमन्त्री कार्कीले बोलाइन् सातै प्रदेशका मुख्यमन्त्रीको...

प्रधानमन्त्री कार्कीले बोलाइन् सातै प्रदेशका मुख्यमन्त्रीको बैठक

प्रधानमन्त्री कार्कीले बोलाइन् सातै प्रदेशका मुख्यमन्त्रीको बैठक

शनिवार, कार्तिक १५ २०८२०८:३०
शनिवार, कार्तिक १५ २०८२०८:३०
  • images

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आह्वान गरेकी छन् । बैठक आइतबार दिउँसो ४ बजे बालुवाटारमा बस्नेछ। बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार, बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थिति रहने उनको सचिवालयले जनाएको छ ।

    प्रधानमन्त्री कार्कीले परिवर्तित अवस्थामा संघ र प्रदेश सरकारबीच संवाद गर्न र सहकार्य थप सघन बनाउनका लागि बैठक आह्वान गरेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend