२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • सरकारले जेन-जी आन्दोलनमा मृत्यु भएका ४५...

सरकारले जेन-जी आन्दोलनमा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा

सरकारले जेन-जी आन्दोलनमा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा

सोमवार, कार्तिक १७ २०८२०५:५९
सोमवार, कार्तिक १७ २०८२०५:५९
  • images

    काठमाडौं । सरकारले २०८२ भदौ २३ र २४ गते जेन-जी पुस्ताद्वारा गरिएको प्रदर्शनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस निर्णय गरेको हो।

    बैठकले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधिवक्ता घनश्याम ओझालाई नियुक्त गर्ने निर्णय पनि गरेको छ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप संचालनको नियमावली, २०८२ स्वीकृत गरिएको जानकारी दिए ।

    साथै, विपद् संकटग्रस्त इलाम जिल्लाका प्रभावित तहहरूलाई सहयोग उपलब्ध गराउन आवश्यक रकम ५ करोड ३० लाख रुपैयाँ विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend