काठमाडौँ । डा. निकोलस भुसाललाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार (कात्तिक १८) दिउँसो भुसाललाई गोरखाको सरस्वती आश्रमबाट पक्राउ गरिएको हो ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोरखा प्रहरीसितको सहकार्यमा उनलाई पक्राउ गरेको जनाइएको छ ।
सामाजिक सञ्जालमार्फत अमर्यादित र अभद्र अभिव्यक्ति दिएको आरोपमा उनलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

