२०८३, आश्विन २१ गते

images

नयाँ बसपार्क पुगेर सञ्चारमन्त्रीले गरे निशुल्क फ्रि वाइफाइको परीक्षण

नयाँ बसपार्क पुगेर सञ्चारमन्त्रीले गरे निशुल्क फ्रि वाइफाइको परीक्षण

बुधवार, कार्तिक १९ २०८२१२:२८
बुधवार, कार्तिक १९ २०८२१२:२८
  • images

    काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नयाँ बसपार्क पुगेर निस्शुल्क इन्टरनेट (फ्रि-वाईफाई) सेवाबारे जानकारी लिएका छन् ।

    बुधबार गंगबुस्थित नयाँ बसपार्क पुगेर उनले त्यहाँ सञ्चालनमा ल्याइएको इन्टरनेट सेवाबारे जानकारी लिएका हुन् ।

    मन्त्री खरेलले गत ६ असोजमा मन्त्री नियुक्त भएपछि पहिलो निर्णय नै ५ महिनाभित्र देशका प्रमुख १० वटा शहरका सार्वजनिक स्थलमा निस्शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने निर्णय गरेका थिए ।

    निर्णय अनुसार काठमाडौं बाहिरका प्रमुख १० वटा शहरका प्रमुख सार्वजनिक स्थलमा इन्टरनेट सेवा उपलब्ध गराइने बताइएको छ ।

    jagadish kharel1.jpg

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend