२०८३, आश्विन २१ गते

images

चित्लाङमा टेलिकमले गर्याे एनटी फाइबर सेवाको विस्तार

चित्लाङमा टेलिकमले गर्याे एनटी फाइबर सेवाको विस्तार

बुधवार, कार्तिक १९ २०८२०२:४१
बुधवार, कार्तिक १९ २०८२०२:४१
  • images

    काठमाडौँ । नेपाल टेलिकमले मकवानपुर जिल्लाको पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको थाहा नगरपालिका, चित्लाङमा एनटी फाइबर सेवाको विस्तार गरेको छ । 

    थाहा नगरपालिका-९ मा रहेको श्री स्वच्छन्द भैरव माध्यमिक विद्यालयमा २०८२ कार्तिक १८ गते टेलिफोन तथा इन्टरनेट सेवा सहितको एफटीटीएच सेवा सञ्चालन गरेसँगै उक्त क्षेत्रमा आधारभूत टेलिफोन तथा इन्टरनेट सेवाको सुरुवात भएको हो ।

    ग्राहकवर्गको निरन्तर बढ्दो मागसँगै केही विद्यालय तथा अन्य संस्थाहरुमा एफटीटीएच जडानको प्रकृया अगाडि बढिसकेको छ । हाल रेडियो ब्याकुलबाट  सेवाको सुरुवात गरिएकोमा ग्राहकको बढ्दो मागलाई सम्बोधन गर्न निकट भविष्यमा नै फाइबर ब्याकुलबाट सेवाप्रवाह गरी टेलिफोन, इन्टरनेट तथा टेलिभिजन सेवासमेत विस्तार गर्ने योजना कम्पनीको रहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend