२०८३, आश्विन २१ गते

images

त्रिवेणी सिन्थेटिकले बुझायो बिजुलीको बक्यौताको

त्रिवेणी सिन्थेटिकले बुझायो बिजुलीको बक्यौताको

सीएनएन खबर
शुक्रवार, कार्तिक २१ २०८२०९:५०
सीएनएन खबर
शुक्रवार, कार्तिक २१ २०८२०९:५०
  • images

    काठमाडौँ । बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित त्रिवेणी सिन्थेटिक यार्न इण्डस्ट्रिजले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट उपभोग बिजुलीको बक्यौताको पहिलो किस्ता बुझाएको छ । 

    नेपाल विद्युत् प्राधिकरणलाई उक्त उद्योगले पहिलो किस्ता बिहीबार तिरेपछि ४ कात्तिकमा विच्छेद गरिएको उद्योगको बिजुली हिजैदेखि आपूर्ति गरिएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए ।

    त्रिवेणी सिन्थेटिकको चार करोड ३९ लाख ८३ हजार बक्यौता रहेकामा त्यसलाई २८ किस्तामा विभाजन गरिएको छ । पहिलो किस्ताबापत  त्रिवेणी सिन्थेटिकले रु १५ लाख ७१ हजार तिरेको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend