२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • इन्जिनियरलाई लाग्यो चुनावः माओवादी निकट संघले...

इन्जिनियरलाई लाग्यो चुनावः माओवादी निकट संघले गर्‍यो प्यानलसहित उम्मेदवारी घोषणा

इन्जिनियरलाई लाग्यो चुनावः माओवादी निकट संघले गर्‍यो प्यानलसहित उम्मेदवारी घोषणा

सीएनएन खबर
मंगलवार, भाद्र १८ २०८११०:५४
सीएनएन खबर
मंगलवार, भाद्र १८ २०८११०:५४
  • images

    काठमाडौँ । नेपाल इन्जिनियरिङ एसोसियशन (नेईए) को चुनाव नजिकिएसँगै विभिन्न गठबन्धनअन्तर्गत बनेका प्यानलले सक्रियता बढाएका छन् ।

    भदौ २८ गते हुने चुनावका लागि विभिन्न ४ वटा गठबन्धन बनेका छन् । जसमा नेकपा माओवादी निकट नेपाल राष्ट्रिय इन्जिनियर संगठन (नियोन) र एमाले निकट प्रगतिशील इन्जिनियरिङ एसोसियशन (पिन), नेपाली कांग्रेस र एकीकृत समाजवादी निकट एक/एक वटा प्यानल सहित उम्मेद्वारी घोषणा गरेका हुन् ।

    एसोसियशनको आगामी भदौ २८ गते ३४ औँ महाधिवेशनको मिति तोकिएको छ । महाधिवेशन मार्फत गठन हुने नयाँ कार्यसमितिका लागि उम्मेदवार तय गरेको छ । एसोसिएसनको नयाँ नेतृत्वका लागि नियोनले इन्जिनियर दीपक श्रेष्ठको नेतृत्वमा प्यानलसहित उम्मेदवारको नामावली टुङ्ग्याएको छ ।

    नियोनले एसोसिएसनको अध्यक्षमा श्रेष्ठ, महासचिवमा इन्जिनियर राजेन्द्र बहादुर क्षेत्री ‘सफल’, उपाध्यक्षमा श्याम नारायण चौधरी, उप–महासचिवमा गजेन्द्र कुमार झा, कोषाध्यक्षमा देवेन्द्र बहादुर राउत, सह–कोषाध्यक्षमा भुवन पौडेललाई उम्मेदवर बनाउने निर्णय गरेको हो । 

    acc67eea-c53a-431b-9c8d-3518b2b86eef.jfif

    नियोनको प्यानलबाट कार्यकारिणी सदस्यहरूमा अनिल नेपाल, खेम राज पोख्रेल, प्रवीण ढकाल, निर्मल कडरिया, यादव राज घिमिरे, सन्दीप केसी, अनुप क्षेत्री, लोकेन्द्र कार्की, विजय पौडेल, आकाश थापा मगर, समीप सुवेदी र शिशिर बस्नेतलाई समावेश गरिएको छ ।

    उम्मेदवार टुङ्ग्याएसँगै यस प्यानलले संस्थाको प्रगति र सुधारका लागि विस्तृत कार्य योजना तयार पार्दै आगामी कार्यकालमा उल्लेखनीय योगदान गर्ने लक्ष्य तय गरेको छ । संस्थामा नयाँ विचार र दृष्टिकोणको आवश्यकता महसुस गर्दै यो प्यानलले संस्थालाई नयाँ उचाइमा पु¥याउन सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ ।

    भदौ २८ गते हुने एसोसिएसनको निर्वाचनमा इन्जिनियर श्रेष्ठ र क्षेत्रीको नेतृत्वमा रहेको नियोनको प्यानललाई मतदान गर्न अपिल गरेको छ । नियोनले यस प्यानलको जीतले संस्थामा सकारात्मक परिवर्तन ल्याउने र इन्जिनियरिङ पेसाको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ ।

    648f54ec-b5c6-41b3-b33e-d0ad477648ba.jfif

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend