२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • सञ्चारमन्त्री पृथ्बी सुब्बा गुरूङलाई बर्खास्त गर्न...

सञ्चारमन्त्री पृथ्बी सुब्बा गुरूङलाई बर्खास्त गर्न कांग्रेस सांसद भण्डारीको माग(विज्ञप्तिसहित)

सञ्चारमन्त्री पृथ्बी सुब्बा गुरूङलाई बर्खास्त गर्न कांग्रेस सांसद भण्डारीको माग(विज्ञप्तिसहित)

मंगलवार, भाद्र १८ २०८१०१:१३
मंगलवार, भाद्र १८ २०८१०१:१३
  • images

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सांसद शंकर भण्डारीले सरकार प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङलाई बर्खास्त गर्न माग गरेका छन्।

    मन्त्री गुरूङले प्रहरी संगठनका प्रमुख (आइजिपी) लाई 'अपशब्द' बोलेको भन्दै भण्डारीले बर्खास्त गर्न विज्ञप्तिमार्फत् माग गरेका हुन्।

    ‘देशको सुरक्षा कायम गर्ने जिम्मा लिएको प्रहरी संगठनका प्रमुखलाई नेपाल सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्रीबाट सार्वजनिक स्थलमा अपशब्द व्यक्त भएकोमा मैले त्यसको घोर भर्त्सना गर्दै प्रधानमन्त्रीले सञ्चार मन्त्रीलाई बर्खास्त गर्न आह्वान गर्दछु,’ भण्डारीले भनेका छन्।

    मन्त्री गुरूङले गत शनिबार पोखरामा भएको पत्रकार सम्मेलनमा बोल्दै 'आइजिपीको जिब्रो थुत्नुपर्ने' अभिव्यक्ति दिएका थिए। मन्त्री गुरूङले अराजक अभिव्यक्ति दिएको भन्दै आलोचना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई सचेत गराएका थिए।

    457512068_2910890209059701_2855279786037478902_n-1725338536-1725343402.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend