२०८३, आश्विन २१ गते

images
  • अटो
  • सुजुकीले सार्वजनिक गर्याे भी स्ट्रोम बाइकका...

सुजुकीले सार्वजनिक गर्याे भी स्ट्रोम बाइकका थप २ रंग भेरियन्ट, यस्तो छ विशेषता

सुजुकीले सार्वजनिक गर्याे भी स्ट्रोम बाइकका थप २ रंग भेरियन्ट, यस्तो छ विशेषता

बुधवार, मंसिर १० २०८२०३:१६
बुधवार, मंसिर १० २०८२०३:१६
  • images

    काठमाडौँ । सुजुकी मोटरसाइकलले भी स्ट्रोम बाइकमा (V-Strom SX) थप नयाँ २ रंग (कलर) सार्वजनिक गरेको छ । यसअघि २ कलरमा मात्रै रहेको उक्त बाइकका प्रयोगकर्ताले थप २ वटा पाउनेछन् । 

    सुजुकी मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक भीजी अटोमोबाइल्सले बुधबार ग्वार्खाे सोरुममा एक कार्यक्रमको आयोजना गर्दै निलो र सेतो रङको बाइक सार्वजनिक गरेको हो । यसअघि पहेलो र कालोमा रातो मिसिएको रङको बाइक कम्पनीले सार्वजनिक गरिसकेको थियो । गत वर्षको नाडा अटो शो मा लन्च गरिएको सो बाइकको बिक्री र ग्राहकको रोजाइ दुबै राम्रो रकेको कम्पनीले जनाएको छ । 

    बाइकमा २५० सिसी क्षमताको सिंगल सिलिन्डर आयल कुल्ड एसओएचसी इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर २६.५ पिएस र टर्क २२.२ एनएम रहेको छ । यो बाइकमा सुजुकीले अक्टागोनल आकरको एलइडी हेडलाइट जडान गरेको छ जसले बाइकको लुक्सलाई थप स्लिक देखाउन मद्धत गरेको छ । साथै पछाडी उच्च पवारयुक्त एलइडी टेल लाइट दिइएको छ । यसको ग्राउन्ड क्लिरियन्स २०५ एमएम र सिट हाइट ८ सय ३५ एमएम रहेको छ ।

    यसमा दिइएको इजी स्टार्ट सिस्टमका कारण बटनलाई क्लिक गरिएकै भरमा इन्जिन स्टार्ट गर्न सकिन्छ । सुजुकी राइड कनेक्ट अन्तर्गत राइडरले आफूसंग भएको स्मार्ट फोनलाई ब्लुटुथ मार्फत यसको डिजिटल कन्सोलमा कनेक्ट गरी टर्न वाई टर्न नेभिगेसन, फोन आएको जानकारी, एसएसम अलर्ट, ह्वाट्स एप अलर्ट डिस्प्ले, मिस काल, गती उच्च भएको बारे चेतावनी र फोनको व्याट्रीको चार्जिङ वारे जानकारी लिन सक्नेछन् ।

    कम्पनीले यसको मूल्य ५ लाख ९९ हजार रुपैयाँ तोकेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend