काठमाडौं । सर्वोच्च अदालतमा आगजनी गर्ने विष्णु ढुंगेललाई प्रहरीले पक्राउ गरेको छ । नेपाल ल क्याम्पसका पूर्व स्ववियु सभापति समेत रहेका ढुंगेल तत्कालीन माओवादी निकट अखिल क्रान्तिकारीका नेता समेत हुन् ।
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते सर्वोच्च अदालतमा आगजनी गर्ने काममा भूमिका रहेको भन्दै प्रहरीले खोजिरहेको थियो । सोही समयमा उनले ‘अब सर्वोच्च अदालत जलाउनुपर्छ’ भन्दै अभिव्यक्ति दिएका थिए । सोही आधारमा उनलाई प्रहरीले खोजिरहेको थियो । ढुंगेललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चितवनबाट पक्राउ गरेको हो । उनलाई काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

