२०८३, आश्विन २१ गते

images
  • अटो
  • निसानले ल्यायो ‘निसान फेस्टिभ डिल’, नयाँ...

निसानले ल्यायो ‘निसान फेस्टिभ डिल’, नयाँ गाडी खरिदमा १५ लाखसम्म छुट

निसानले ल्यायो ‘निसान फेस्टिभ डिल’, नयाँ गाडी खरिदमा १५ लाखसम्म छुट

बुधवार, भाद्र १९ २०८११०:१३
बुधवार, भाद्र १९ २०८११०:१३
  • images

    काठमाडौं । नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले निसानका गाडीहरूमा ‘निसान फेस्टिभ डिल’ को विशेष छुटको योजना ल्याएको छ । नजिकिँदै गरेको चाडपर्वको अवसरमा कम्पनीले उक्त योजना ल्याएको हो ।

    ‘निसान फेस्टिभ ड्राइभ’ योजना अन्तर्गत ग्राहकले निसान म्यागनाइट, निसान किक्स, निसान नाभारा, निसान लिफ, र निसान एक्स–ट्रेलको खरिदमा १५ लाख सम्मको छुट पाउने छन् । साथै योजना अन्तर्गत ग्राहकहले निसान गाडी बुकिङ गर्दा १ वर्ष नि:शुल्क गाडी व्यापक बीमा (इन्स्योरेन्स),  ३ बर्षको सडक कर(रोड ट्याक्स), ३ बर्षको सर्भिसिङ, ३ बर्षको वारेन्टि र  १५ लाख रुपैयाँसम्मको छुट सुविधा पाउन सक्ने छन् ।

    नेपाली बजारको लोकप्रिय एसयुभी निसान म्यागनाइटको खरिदमा फेस्टिभ डिल अन्तर्गतको सुविधाहरूका साथै ८०% सम्म सहज फाइनान्सिङ, र ६ वर्षसम्म ‘नो रनिङ कस्ट’ को सुविधा समेत कम्पनीले उपलब्ध गराउने छ ।

    त्यसैगरी, अझै बिगर र बोल्डर इलेक्ट्रिक एसयुभि निसान एक्स-ट्रेलको खरिद गर्दा ग्राहकहरूले फेस्टिभ डिल योजनाका सबै लाभहरू प्राप्त गर्दै १८ वर्षसम्म ‘नो रनिङ कस्ट’को मज्जा लिन सक्नेछन् ।यो योजना अवधिभर विभिन्न मोडलका गाडीहरू उत्कृष्ट मूल्यमा सहज फाइनान्सिङ र विशेष छुटका साथ खरिद गर्न सकिनेछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend