२०८३, आश्विन २१ गते

images

निर्वाचन एक्लै लड्ने एमालेकाे निचोड(पूर्णपाठ)

निर्वाचन एक्लै लड्ने एमालेकाे निचोड(पूर्णपाठ)

बुधवार, भाद्र १९ २०८११०:१८
बुधवार, भाद्र १९ २०८११०:१८
  • images

    काठमाडौं ।  नेकपा (एमाले)ले आगामी निर्वाचन एक्लै लड्ने निचोड निकालेको छ । बुधबार पोलिटब्यूरो बैठकपछि एमालेले बैशाखी नटेक्ने गरी एक्लै चुनाव लड्ने निष्कर्ष निकालेको हो ।
    बुधबार पोलिटब्यूरो बैठकपछि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, ‘अहिले कुनै वामपन्थी मोर्चा बन्दैन । त्यो दिशामा फर्केर हेरेका छैनौँ, एमाले एक्लै आफ्नो नीति तथा कार्यक्रमको आधार बोकेर हिजो पनि चुनाव लडेको हो । आज पनि एक्लै चुनाव लड्छौँ । कसैको बैशाखी टेक्दैनौँ भन्ने कुरा उठेको छ ।’

    उनले अहिले कुनै मोर्चाबन्दी बनाउन नहुने निष्कर्ष निकालिएको बताए । उनले तत्काल कुनै वामपन्थी मोर्चा नबन्ने निष्कर्ष निकालिएको जानकारी दिए । बैठकमा महासचिव शंकर पोखरेलले प्रस्तुत गरेकाे कार्ययोजनामा ५१ जना सदस्यले आफ्नो धारणा राखेका थिए । प्रभावकारी कार्यान्वयनमा नेताहरूले जोड दिए ।  बैठकले १५ वटा समसामयिक प्रस्ताव पनि पारित गरेको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend