काठमाडौँ । एचपी लुब्रिकेन्ट्स, सन् १९१० मा भारतमा स्थापना भएको विश्वसनीय अन्तर्राष्ट्रिय ब्रान्डले नेपालको लुब्रिकेन्ट उद्योगमा निरन्तर गुणस्तर, भरोसा र उत्कृष्टताका साथ स्थिर परिवर्तन ल्याइरहेको छ।
‘महारत्न’ मान्यता प्राप्त भारत सरकारको संस्थानअन्तर्गत सञ्चालन भएकाले यसको वित्तीय, प्राविधिक र सञ्चालन क्षमता अत्यन्त बलियो छ। नेपालमा यसको अधिकृत वितरक M.A.W. Petro Products Pvt. Ltd. हो, जसले देशभर विश्वसनीय आपूर्ति सुनिश्चित गर्छ।
भारतको नम्बर १ लुब्रिकेन्ट ब्रान्ड बन्नुको कारण भनेकै वर्षौंको अनुसन्धान, अत्याधुनिक प्रविधि र उपभोक्तिप्रतिको अटल प्रतिबद्धता हो। मोटरसाइकल, कार,ट्रक,बस देखि भारी मेसिनरीसम्म सबै प्रकारका इन्जिनका लागि उपलब्ध यसको विस्तृत उत्पादन रेन्जले उपभोक्ताको विश्वास जितेको छ। फर्च्यून ५०० मा मूल कम्पनी २६०औँ स्थानमा पर्नु र उत्पादन २० भन्दा बढी देशमा निर्यात हुनु एचपीको विश्वव्यापी शक्तिको प्रमाण हो।
उच्च-गुणस्तरीय बेस ओयल र कडा गुणस्तर परीक्षणका कारण एचपी लुब्रिकेन्ट्सले इन्जिनलाई उत्कृष्ट सुरक्षा, लामो आयु र स्मूथ प्रदर्शन प्रदान गर्छ। यही योग्यताका कारण Bajaj, JCB, Royal Enfield जस्ता विश्वस्तरीय ओइएम (OEM) ब्रान्डहरूले एचपीलाई आफ्नो भरपर्दो साझेदारका रूपमा मान्यता दिएका छन्।
नेपालमा पनि एचपी लुब्रिकेन्ट्सले देशकै सबैभन्दा व्यापक वितरण सञ्जाल बनाएको छ, जसले ठूलो सहरदेखि टाढाका गाउँसम्म सहज उपलब्धता सुनिश्चित गर्छ।
हालै एचपी लुब्रिकेन्ट्स नेपाल प्रिमियर लिग (NPL) को आधिकारिक लुब्रिकेन्ट पार्टनर बनेपछि, ब्रान्डले खेल-समुदाय, क्रिकेटप्रेमी युवा र राष्ट्रव्यापी दर्शकहरूसँग भावनात्मक रूपमा जोड्ने अवसर पाएको छ।। “पावर टु पर्फर्म” भन्ने ट्यागलाइनले खेल मैदानदेखि सडकसम्म- उच्चतम प्रदर्शनप्रतिको एचपी को अटुट प्रतिबद्धता स्पष्ट रूपमा झल्काउँछ।
लामो इतिहास, अतुलनीय गुणस्तर, फराकिलो उत्पादन रेन्ज र बलियो वितरण सञ्जालका साथ एचपी लुब्रिकेन्ट्स नेपाली उपभोक्ताहरूको विश्वसनीय र पहिलो रोजाइ बन्दै गएको छ ।

