२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • द्वन्द्वपीडितका समस्या समाधानका लागि नेसपाले प्रधानमन्त्रीलाई...

द्वन्द्वपीडितका समस्या समाधानका लागि नेसपाले प्रधानमन्त्रीलाई बुझायो १९ बुँदे ज्ञापनपत्र

द्वन्द्वपीडितका समस्या समाधानका लागि नेसपाले प्रधानमन्त्रीलाई बुझायो १९ बुँदे ज्ञापनपत्र

शुक्रवार, भाद्र २१ २०८१०९:३५
शुक्रवार, भाद्र २१ २०८१०९:३५
  • images


    काठमाडौं । नेपाल समाजवादी पार्टी(नेसपा)ले बृहत् शान्ति सम्झौता, संविधानको भावना तथा राष्ट्रिय सहमतिका आधारमा द्वन्द्वपीडितका मागहरू पुरा गर्न आग्रह गरेको छ । नेसपाका अध्यक्ष डा.बाबुराम भट्टराई नेतृत्वको प्रतिनिधिमण्डलले शुक्रबार प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदै सो आग्रह गरेको हो । 

    ज्ञापनपत्रमा सत्तानिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग यथाशीघ्र गठन गर्नुपर्ने, सशस्त्र द्वन्द्वका पीडितका प्रतिनिधिलाई आयोगमा समावेश गराउनुपर्ने, ऐनमा पीडितहरूले पाउने परिपूरण स्पष्ट पार्नुपर्ने लगायत १८ बुँदे माग रहेका छन् । साथै प्रमुख राजनीतिक दलहरूलाई सहमतिमा ल्याएर सङ्क्रमणकालीन विधेयक पारित गरेकोमा सरकारलाई धन्यवाद दिइएको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend