२०८३, आश्विन २१ गते

images
  • समाचार
  • जानकी गाउँपालिकामा झाडा लागेर एकजनाको मृत्यु,...

जानकी गाउँपालिकामा झाडा लागेर एकजनाको मृत्यु, ३ जनामा भेटियो संक्रमण

जानकी गाउँपालिकामा झाडा लागेर एकजनाको मृत्यु, ३ जनामा भेटियो संक्रमण

सीएनएन खबर
आइतवार, भाद्र २३ २०८१०८:०९
सीएनएन खबर
आइतवार, भाद्र २३ २०८१०८:०९
  • images

    काठमाडौँ । जानकी गाउँपालिकामा झाडाबान्ताका कारण एकजनाको मृत्यु भएको छ । जानकी गाउँपालिका–५ बेलहरीका ३४ वर्षीय होली तेलीको मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी नरेश श्रेष्ठले जानकारी दिए ।
     
    “परीक्षणमा हैजाको जीवाणु देखिएको छैन, खानेपानी प्रशस्त नखाएको र समयमा उपचार नभएकाले मृत्यु भएको हुनसक्छ”, उनले भने ।

    सो पालिकामा तीनजनामा झाडाबान्ताका बिरामी भेटिएका छन् । तीमध्ये एकजनाको भेरी अस्पताल र अर्का एकजनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । एकजना भने उपचारपछि घर फर्केका छन् । 

    यसअघि जिल्लाको नरैनापुरमा विभिन्न समयमा झाडाबान्ता र अन्य स्वास्थ्य समस्याका कारण पाँचजनाको मृत्यु भएको अधिकारी श्रेष्ठले बताए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend