२०८३, आश्विन २० गते

images
  • समाचार
  • गोप्य सूचना चुहाउने जोसुकैलाई कानुनी कठघरामा...

गोप्य सूचना चुहाउने जोसुकैलाई कानुनी कठघरामा ल्याइने गृहमन्त्री गुरुङको चेतावनी

गोप्य सूचना चुहाउने जोसुकैलाई कानुनी कठघरामा ल्याइने गृहमन्त्री गुरुङको चेतावनी

मंगलवार, आश्विन २० २०८३१०:३१
मंगलवार, आश्विन २० २०८३१०:३१
  • images

    काठमाडौं । गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालय र मातहतका निकायमा कार्यरत पदाधिकारी तथा कर्मचारीलाई राज्यका गोप्य एवं संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई नदिन चेतावनी दिएका छन् ।

    गृहमन्त्री गुरुङले पदीय जिम्मेवारीको दुरुपयोग गर्दै संवेदनशील सूचना चुहाउने प्रवृत्तिलाई आफूले लामो समयदेखि नियालिरहेको बताएका छन् । उनले राज्यका संवेदनशील सूचना कसैको निजी सम्पत्ति नभई सार्वजनिक जिम्मेवारी भएको स्पष्ट पारेका छन् ।

    ‘पदले सूचनामा पहुँच दिन्छ, तर दुरुपयोग गर्ने अधिकार दिँदैन,’ गृहमन्त्री गुरुङले भनेका छन् ।

    उनका अनुसार गृह मन्त्रालय तथा मातहतका निकायमा प्राप्त हुने सानोभन्दा सानो सूचना, सुराक वा गोप्य जानकारीसमेत अपराध नियन्त्रण, अनुसन्धान अघि बढाउन तथा भविष्यमा हुन सक्ने गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न महत्वपूर्ण हुन सक्छ ।

    गृहमन्त्री गुरुङले राज्यले सुम्पिएको गोपनीयताको जानाजान दुरुपयोग गर्ने र सूचना चुहाउने जोसुकैलाई कानुनी कारबाहीको दायरामा ल्याइने चेतावनी दिएका छन् ।

    ‘राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान आफ्नो देश र संगठनमाथि विश्वासघात गर्ने जोसुकै होस्, कुनै उन्मुक्ति पाउने छैन,’ उनले भनेका छन्, ‘कानूनको कठघरामा ल्याइनेछ।’

    उनले गृह प्रशासनमा कार्यरत सबै पदाधिकारी तथा कर्मचारीलाई आफ्नो पदीय जिम्मेवारी, गोपनीयता र मर्यादा कायम राख्नसमेत आग्रह गरेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend