काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशनका कर्मचारीले मृगौला रोगीका लागि रक्तादान गरेको छ ।
कर्पाेरेशनको ६२ औँ वार्षिकोत्सवको अवसर पारेर आइतबार केन्द्रीय कार्यालय कालीमाटीमा रक्तदान गरिएको हो । मृृगौला रोग समाजको सहयोगार्थ आयोजना गरिएको रक्तदान कार्यक्रम ५५ जना कर्मचारी तथा अन्य व्यक्तिले रक्तदान गरेका थिए ।
कर्पाेरेशनले भदौ २७ गते स्थापनाको ६२ औं वर्ष मनाउँदैछन् । वार्षिकोत्सवको पूर्व सन्ध्यामा आइतबार रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

