२०८३, आश्विन २१ गते

images
  • समाचार
  • डेरी एशोसिएशन सुदूरपश्चिम प्रदेशद्वारा मेची महाकाली...

डेरी एशोसिएशन सुदूरपश्चिम प्रदेशद्वारा मेची महाकाली अध्ययन अवलोकन

डेरी एशोसिएशन सुदूरपश्चिम प्रदेशद्वारा मेची महाकाली अध्ययन अवलोकन

सीएनएन खबर
सोमवार, भाद्र २४ २०८१०८:२६
सीएनएन खबर
सोमवार, भाद्र २४ २०८१०८:२६
  • images

    काठमाडौँ । नेपाल डेरी एशोसिएशन सुदूरपश्चिम प्रदेशले मेची महाकालीको पाँच दिने अध्ययन अवलोकन भ्रमण  गरेको छ । एशोसिएशनले आफ्ना उद्योगीहरुको स्तरोन्नतिका लागि विभिन्न तालिम, गोष्ठी एवं अध्ययन अवलोकन कार्य सञ्चालन गर्दै आएको छ । 

    हालै मेची महाकालीको पाँँच दिने अध्ययन अवलोकन भ्रमण गरेको अध्यक्ष प्रल्हाद दाहालले जानकारी दिए । नेपाल डेरी एशोसिएशन विसं २०५५ मा विधिवत रुपमा दर्ता भई दुग्ध उद्योगीको हक हितमा काम गर्दै आइरहेको संस्था हो । 

    २६औँ वर्षमा प्रवेश गरिरहँदा एशोसिएशनले सात प्रदेश र २३ जिल्लामा सङ्गठन विस्तार गरेको छ । देशभरका तीन सय २० दूग्ध उद्योगीहरु यस छाता सङ्गठनको सदस्य बनेका छन् ।

    भ्रमणका क्रममा डेरी उद्योग, फार्म, विभिन्न धार्मिक एवं पर्यटकीयस्थलको अवलोकन गरिनुका साथै उद्योगका विषयमा पनि जानकारी लिने दिने कार्य भएको जनाइएको छ । 

    भ्रमण उपलब्धिमूलक भएको एशोसिएशनका केन्द्रीय उपाध्यक्ष कर्णबहादुर हमालले जानकारी दिए । भ्रमणमा सुदूरपश्चिम प्रदेशका पदाधिकारी एवं सदस्यको सहभागिता रहेको थियो । 

    भ्रमण सुदूरपश्चिम प्रदेशको धनगढीस्थित श्रीराम डेरी उद्योगको परिसरबाट सुरु गरी लुम्बिनी प्रदेशको तुल्सिपुरस्थित मोर्डन गाई फामर्को अवलोकन गश्चात सम्पन्न गरिएको थियो  । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend