२०८३, आश्विन २१ गते

images

मन्त्रिपरिषद्ले गर्यो ६० जना सहसचिवको सरुवा

मन्त्रिपरिषद्ले गर्यो ६० जना सहसचिवको सरुवा

आइतवार, पौष ६ २०८२०२:५५
आइतवार, पौष ६ २०८२०२:५५
  • images

    काठमाडौं । मन्त्रिपरिषद्को पुस ३ गते बिहीबार बसेको बैठकले ६० सहसचिवको सरुवा गर्ने निर्णय गरेको छ। यसमा गृह मन्त्रालय अन्तर्गतका १३ सहसचिवलाई अन्य मन्त्रालयमा सरुवा गरिएको छ भने ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) पनि सरुवा भएका छन्।

    गृहबाट अन्य मन्त्रालयमा सरुवा हुने सहसचिवमध्ये गोपालप्रसाद अर्याल, डा. टोकराज पाण्डे, कल्पना श्रेष्ठ, सुनिता नेपाल, खिमबहादुर रायमाझी, नेत्रप्रसाद सुवेदी, कृष्णप्रसाद लम्साल, नारायणप्रसाद रिसाल, लीलाप्रसाद शर्मा, बन्धुप्रसाद बास्तोला, गोविन्दप्रसाद रिजाल, शंकरहरि आचार्य र धर्मेन्द्रकुमार मिश्र छन्।

    उनीहरूमध्ये डा. पाण्डे लमजुङ, श्रेष्ठ खोटाङ, नेपाल इलाम, सुवेदी सल्यान, रिसाल दोलखा, बास्तोला सिन्धुपाल्चोक, लम्साल नवलपरासी पश्चिम र मिश्र बारामा प्रमुख जिल्ला अधिकारीको रूपमा कार्यरत थिए।

    सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन तोकेको छ। त्यसका लागि जिल्लामा शान्ति सुरक्षा स्थापना र निर्वाचन वातावरण निर्माण प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा हुने भए पनि, सरुवा भएका ८ सीडीओमध्ये नयाँ जिम्मेवारी दिने काम ४ दिनसम्म गरिएको छैन।

    गृह मन्त्रालय प्रशासन महाशाखा प्रमुख सहसचिव कालीप्रसाद पराजुलीले नयाँ प्रमुख जिल्ला अधिकारी कहिले पठाइने भन्नेबारे कुनै प्रतिक्रिया दिन अस्वीकार गरेका छन्।

    साथै, गृहबाट ८ प्रमुख जिल्ला अधिकारीसँगै कारागार व्यवस्थापन विभागका महानिर्देशक लीलाप्रसाद शर्मा र विपद् व्यवस्थापन महाशाखा प्रमुख गोविन्द रिजालको पनि सरुवा भएको छ। अतिरिक्त समूह जगेडामा रहेका सहसचिवहरू आचार्य, अर्याल र रायमाझीको पनि सरुवा भएको छ।

    सरुवामा गृहबाट १३ सहसचिव बाहिरिँदा ७ सहसचिव भित्रिएका छन्। बिहीबारकै सरुवामा अन्य मन्त्रालय र निकायबाट उमेश ढुंगाना, शान्तिराज प्रसाई, लक्ष्मीप्रसाद पौडेल, मदन कोइराला, रेखा कँडेल, निश्चलराज पाण्डे र राजन पौडेल भित्रिएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend