२०८३, आश्विन २१ गते

images

सहकारी रकम हिनामिना आरोपमा कांग्रेस उपसभापति गुरुङविरूद्ध उजुरी

सहकारी रकम हिनामिना आरोपमा कांग्रेस उपसभापति गुरुङविरूद्ध उजुरी

सोमवार, भाद्र २४ २०८१०४:४८
सोमवार, भाद्र २४ २०८१०४:४८
  • images

    काठमाडौं । नेपाली कांग्रेस उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङविरुद्ध सहकारी ठगी प्रकरणमा उजुरी परेको छ ।

    ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाबाट उनले रकम अपचलन गरेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) मा उजुरी परेको छ ।

    मितेरी बचत तथा सहकारी संस्थाकी तत्कालीन सञ्चालक ज्योति गुरुङ र धनराजविरुद्धमा सहकारीका अध्यक्ष कुम्भराज गुरुङले सीआईबीमा उजुरी दिएका हुन् ।

    धनराज र ज्योति श्रीमान–श्रीमती हुन् । उनीहरुमाथि करिब १५ करोड रुपैयाँ अपचलन गरेको आरोप छ । धनराज र ज्योतिले केहि समयअघि सम्बन्धविच्छेद गरेका छन् भने यहि विषय मिलाउन दुवैले सम्बन्ध विच्छेद गरेको हुनसक्ने अनुमान गरिएको छ । ज्योति अहिले सम्पर्कमा नरहेको बताइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend