२०८३, आश्विन २१ गते

images
  • समाचार
  • १२ जिल्लाका सीडिओको सरुवा तथा पदस्थापना,...

१२ जिल्लाका सीडिओको सरुवा तथा पदस्थापना, कहाँ कसले पाए जिम्मेवारी ?

१२ जिल्लाका सीडिओको सरुवा तथा पदस्थापना, कहाँ कसले पाए जिम्मेवारी ?

शुक्रवार, पौष ११ २०८२०२:३२
शुक्रवार, पौष ११ २०८२०२:३२
  • images

    काठमाडौँ । सरकारले एकैपटक १३ जना सहसचिवको सरुवा तथा पदस्थापना गरेको छ । जसमा १२ वटा जिल्लाका सीडिओको सरुवा तथा पदस्थापना भएको छ । गृहमन्त्रालयले शुक्रबार एक विज्ञप्ती जारी गर्दै विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा तथा पदस्थापना गरिएको जनाएको हो । 

    सूचना अनुसार हाल नुवाकोटका सीडिओ रहेका शशीधर घिमिरेको कारागार व्यवस्थापन विभाग, कालिकास्थानमा सरुवा गरिरएको छ । यस्तै, गृहमन्त्रालमा रहेका राजन पौडेललाई जिल्ला प्रशासन भोजपुर, मन्त्रायलकै लक्ष्मी प्रसाद पौडेलको पर्वत, रेखा कंगेलको खोटाङ, शान्तिराज प्रसाईँको प्युठान, उमेश ढुंगानाको लमजुङ, हरिप्रसाद घिमिरेको दोलखामा सरुवा गरिएको छ । 

    यस्तै, मन्त्रालयकै शिवलाल तिवारीको सीडिओ कार्यालय तनहुँ, लक्ष्मण ढकालको इलाम, मदन कोइरालाको कञ्चनपुर, दीपकराज नेपालको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र महेन्द्र कुमार सापकोटाको सल्यानमा सरुवा गरिएको हो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend