२०८३, आश्विन २१ गते

images
  • समाचार
  • सौर्य एयर दुर्घटनाको प्रारम्भिक प्रतिवेदनः फेरी...

सौर्य एयर दुर्घटनाको प्रारम्भिक प्रतिवेदनः फेरी फ्लाइटमा कम्पनीको लापरबाही, मुकदर्शक प्राधिकरण

सौर्य एयर दुर्घटनाको प्रारम्भिक प्रतिवेदनः फेरी फ्लाइटमा कम्पनीको लापरबाही, मुकदर्शक प्राधिकरण

मंगलवार, भाद्र २५ २०८१०३:१०
मंगलवार, भाद्र २५ २०८१०३:१०
  • images

    काठमाडौँ । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले वायुसेवा कम्पनीलाई दिने फेरी फ्लाइटको उडान कार्यविधि नै अस्पष्ट रहेको पाइएको छ । 

    गत साउन ९ गते ‘सि–चेक’का लागि पोखरा उडान गरेको सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो । उक्त जहाज दुर्घटना लगतै सरकारले गठन गरेको दुर्घटना जाँचबुझ आयोगले बुझाएको प्रारम्भिक प्रतिवेदनमा उक्त ऋटि औल्याईएको हो । 

    जाँच आयोगको प्रारम्भिक प्रतिवेदनमा वायुसेवा कम्पनीहरूले फेरी फ्लाइटमा गर्ने लापरबाहीतर्फ संकेत गरिएको छ । वायुसेवा कम्पनीले फ्लाइटमा लापरबाही (गम्भीर गल्ती) गर्दा समेत नागरिक उड्डयन प्राधिकरणले आँखा चिम्लिरहेको संकेत गरेको हो । 

    आयोगले प्राधिकरणले फेरि फ्लाइटको अनुमति दिदाँ कार्यविधि अनुसार दिनुपर्नेमा प्राधिकरणले त्यसो नगरेको प्रतिवेदनमा उल्लेख छ । 

    प्रतिवेदनले दुर्घटनाको मुख्य कारण सौर्य एयरलाइन्सले अपरेसन र ग्राउन्ड ह्यान्डलिङ म्यानुअल अनुसार जहाजमा राख्नुपर्ने सामग्रीहरु नियम अनुसार नराखेको भन्दै गल्ती औल्याएको छ । कम्पनीले सेवा सञ्चालन पूर्व नै प्राधिकरणबाट स्वीकृत म्यानुअलको पालना नै नगरेको पाइएको प्रतिवेदनमा उल्लेख छ । 

    उक्त म्यानुअलमा सामान जोख्ने, त्यसलाई लोड गर्ने र जहाजभित्र कसरी सुरक्षित राख्ने भन्ने उल्लेख हुन्छ । यसको परिपालना नभएको प्रारम्भिक प्रतिवेदनले देखाएको छ ।

    साथै, जहाजले कार्गोसहित लोड बोकेर उड्दा बाहिरको तापक्रम, विमानस्थलको उचाइ, लोडसहित आधारमा टेकअफका बेला लिने गतिको क्याल्कुलेसन गर्ने गरिन्छ । जसलाई ‘भी–स्पीड’ भनिन्छ । यो उडानका बेला यस्तो क्याल्कुलेसन नगरी जहाजले टेकअफ लिएको देखिएको छ । उक्त विधि उल्लेख भएको ‘क्विक रिफरेन्स ह्यान्डबुक’ पाइलटसँग हुनेगर्छ । 

    पाइलटसँग भएको ह्यान्डबुक र फ्लाइट डेटा रेकर्डर (एफडिरआर)मा रेकर्ड भएको तथा उडानतालिकामा उल्लेख भएको जहाजको गतिमा एकरूपता नपाइएको प्रतिवेदनमा उल्लेख छ । 

    पाइलट, इन्जिनियर र कर्मचारीसहित १८ जनाको ज्यान गएको थियो भने क्याप्टेन मनीषरत्न शाक्यको जीवितै उद्धार गरिएको थियो । 

    यस्ता छन् प्रतिवेदनमा उल्लेख भएका तीन मुख्य कारण :

    १.सबै विमान सेवा संचालकहरुले गति तथा टेकअफ तौललाई समीक्षा गर्नुपर्छ ।

    २. सबै सेवा प्रदायकहरुले कार्गो तथा लगेज बन्दोबस्तमा ध्यान दिनुपर्छ । ब्यागेज र कार्गो तौलम नियमअनुसार हुनुपर्छ ।

    ३. नागरिक उड्ययन प्राधिकरणले नियमति उडान बाहेकका गैर आम्दानीमुलक तथा ‘फेरि फ्लाइट’को पद्धति र आवश्यकताहरुको समिक्षा तथा अद्यावधि गर्नुपर्छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend