काठमाडौँ । यामाहा नेपालले नेपालको सबैभन्दा ठूलो पप-कल्चर फेस्टिभल "ओटाकु जात्रा इन्टु जात्रा भर्स २०२५" मा सह-प्रायोजकको रूपमा सहभागिता जनाउँदै युवाहरूसँगको आफ्नो सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको छ। ८ हजारभन्दा बढी युवा,पपकल्चर फ्यान, गेमर, र कस्प्ले (Cosplay) कलाकारहरूको उत्साहजनक उपस्थिति रहेको यस कार्यक्रममा यामाहाको सहभागिता केवल मोटरसाइकल प्रदर्शनमा मात्र सीमित रहेन।
यामाहाले आफ्नो लोकप्रिय MT-15 सिरिजलाई ओटाकु जात्रामा प्रस्तुत गर्दै स्ट्रिट–कल्चर मोटरसाइकलिङ र पप–कल्चर समुदायबीचको दूरी घटाउने प्रयास गरेको छ। सृजनशीलता, आत्म–अभिव्यक्ति र राइडिङ लाइफस्टाइललाई एउटै मञ्चमा प्रस्तुत गर्दै यामाहाले आधुनिक युवा संस्कृतिसँगको आफ्नो गहिरो सम्बन्ध उजागर गरेको देखियो।
कस्प्ले, स्ट्रिट आर्ट, गेमिङ र संगीतले भरिएको फेस्टिभलको माहोल यामाहाको ‘युवा र स्ट्रिट–कल्चर’ केन्द्रित ब्रान्ड पहिचानसँग मेल खाने देखिन्थ्यो। यस अवसरमा यामाहाले नेपाल रोड रेसिङ च्याम्पियनसिप (NRRC) २०२५ का पोडियम विजेता दीपेश जैसवाल, नेसनल क्याटागोरी विजेता श्रीहरि पौडेल र महिला क्याटागोरी विजेता वर्षा बस्नेतलाई मर्चेन्डाइज प्रदान गर्दै सम्मान गरेको थियो, जसले मोटरस्पोर्ट्स विकासप्रतिको प्रतिबद्धता पुनः पुष्टि गरेको छ।
कार्यक्रमको प्रमुख आकर्षण ‘कस्टमाइज्ड’ MT-15 मोटरसाइकलहरूको प्रदर्शनी रह्यो। युनिक मोडिफिकेसन, लिभरी र एसेसरिजसहित प्रस्तुत यी मोटरसाइकलहरूले राइडर समुदायको सिर्जनशीलता झल्काएका थिए। यामाहा नेपालका सीईओ तथा कार्यकारी निर्देशक दीपक कुमार अग्रवालले स्वयं राइडरहरूलाई भेटी सम्मान गरेका थिए ।
यसैगरी, प्रोफेशनल राइडरद्वारा प्रस्तुत स्टन्ट शो, MotoGP गेमिङ जोन, ग्राफिटी र हेल्मेट आर्ट जोन तथा MT-15 एक्स्पेरियन्स जोनले दर्शकलाई आकर्षित गर्यो। ३५ राइडरसहितको ‘MT राइड–आउट’ ले कार्यक्रमको उत्साह थप उचाइमा पुर्यायो। ओटाकु जात्रामार्फत यामाहाले आफूलाई समकालीन संस्कृतिसँग जोडिएको युवा–केन्द्रित ब्रान्डको रूपमा स्थापित गरेको छ।

