२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • धनराजले भने-पूर्वश्रीमतीको विषयमा मलाई नजोड्नुस्, म...

धनराजले भने-पूर्वश्रीमतीको विषयमा मलाई नजोड्नुस्, म माथि तत्काल छानबिन होस्

धनराजले भने-पूर्वश्रीमतीको विषयमा मलाई नजोड्नुस्, म माथि तत्काल छानबिन होस्

मंगलवार, भाद्र २५ २०८१०५:३३
मंगलवार, भाद्र २५ २०८१०५:३३
  • images

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफ्नी पूर्व श्रीमती ज्योति गुरुङले सहकारी ठगी गरेको विषयमा आफूलाई जोड्न नहुने बताएका छन् ।

    प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद गुरुङले आफूमाथि तत्काल छानबिन अगाडि बढाउन माग गर्दै आफ्नो २०७६ मै निज ज्योतिसँग डिभोर्स भएकाले यस प्रकरणमा आफूलाई जोड्नु गलत भएको बताएका हुन् ।

    सांसद गुरुङले पूर्व श्रीमती ज्योतिसँग आफ्नो सम्बन्ध खराब भएकै कारणले डिभोर्स गरेको भन्दै नक्कली डिभोर्स भन्दै गरिएको टिप्पणी प्रमाणित गर्न चुनौती दिएका छन् ।

     उनले आफूमाथि यसअघि लागेको आरोप पनि छानबिनपछि  आरोपमुक्त भएको बताउँदै आफ्नो बारेमा छानबिन गरेर आफूमाथि लागेको आरोपलाई गलत साबित गरिदिन सभामुख र सरकारसँग माग गरेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend