२०८३, आश्विन २१ गते

images
  • समाचार
  • ग्यास हावामा उडाएपछि राजमार्गबाट हटाइयो ग्यास...

ग्यास हावामा उडाएपछि राजमार्गबाट हटाइयो ग्यास बुलेट

ग्यास हावामा उडाएपछि राजमार्गबाट हटाइयो ग्यास बुलेट

बुधवार, पौष १६ २०८२०९:५४
बुधवार, पौष १६ २०८२०९:५४
  • images

    काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–निजगढ सडकखण्ड झन्डै २४ घण्टापछि खुलेको छ। ग्यास बुलेट पल्टिँदा मंगलबार बिहान करिब ७:५० बजेदेखि सडक पूर्ण रूपमा बन्द भएको थियो।

    Rajmarga-Rautahat_gas bullet.jpgसडक बन्द भएपछि सवारीसाधनहरू लामो र घुमाउरो ग्रामीण सडक प्रयोग गर्न बाध्य भएका थिए। बुधबार बिहान साढे ७ बजे दुईवटा क्रेनको सहायताले ग्यास बुलेट सडकको किनारमा राखिएपछि सडक दुवै तर्फबाट खुलाइएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ।

    दुर्घटनापछि ग्यास चुहिएकाले आगलागीको जोखिम रहेको भन्दै दमकलले पानी छर्किएको थियो। त्यसपछि सडक पनि पानीले सफा गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend