२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • निषेधाज्ञाबीच पूर्वमुख्यमन्त्री कार्कीले शुरु गरे आमरण...

निषेधाज्ञाबीच पूर्वमुख्यमन्त्री कार्कीले शुरु गरे आमरण अनशन

निषेधाज्ञाबीच पूर्वमुख्यमन्त्री कार्कीले शुरु गरे आमरण अनशन

मंगलवार, भाद्र २५ २०८१०७:१७
मंगलवार, भाद्र २५ २०८१०७:१७
  • images

    काठमाडौं । पूर्वमुख्यमन्त्री केदार कार्कीले प्रशासनको निषेधाज्ञाविच आमरण अनशन सुरु गरेका छन्। मंगलबार अपराह्नदेखि कार्कीले विराटनगरस्थित कोसी प्रदेशसभा सचिवालय अगाडि अनशन शुरु गरेका हुन्। 

    कोशी सरकारले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार कटौती गरेको, गरिब जेहेनदार विद्यार्थीलाई दिइने छात्रवृत्ति हटाएको, महिला स्वयंसेविकाको प्रोत्साहन भत्ता रोकेको, सुकुम्वासीलाई जग्गा खरिद गर्दा दिइने बैंक ब्याज अनुदानसम्बन्धी व्यवस्था बजेटमै कटौती गरेको लगायत विषयमा विरोध जनाउँदै काकीले आमरण अनशन सुरु गरेका हुन्।

    कार्कीले आमरण अनसन बस्ने तयारी गरेपछि विराटनगरमा निषेधाज्ञा जारी गरिएको थियो। निषेधाज्ञा जारी गर्दै सर्वसाधारण तथा सवारीसाधन आवतजावतबाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, ¥याली, धर्ना, प्रदर्शनीलगायत विरोधजन्य कार्यहरू गर्न रोक लगाइएको थियो।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend