२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • उपसभामुख र धनराज गुरुङको विषयमा निर्णय...

उपसभामुख र धनराज गुरुङको विषयमा निर्णय गर्न कांग्रेस बैठक बस्दै

उपसभामुख र धनराज गुरुङको विषयमा निर्णय गर्न कांग्रेस बैठक बस्दै

सीएनएन खबर
बुधवार, भाद्र २६ २०८१०८:३६
सीएनएन खबर
बुधवार, भाद्र २६ २०८१०८:३६
  • images

    काठमाडौँ । कांग्रेस उपसभापति धनराज गुरुङ र उपसभामुख इन्दिरा रानाको विषयमा छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ्। सभापति शेरवहादुर देउवाले बुधबार बिहान आफ्नै निवास बुढानिलकण्ठमा बैठक बोलाएका हुन् । 

    पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल सभापतिले पदाधिकारी, पूर्वपदाधिकारी र पार्टीका शीर्ष नेतालाई छलफलमा बोलाएको जानकारी दिए । 

    उक्त बैठकमा पछिल्लो विकसित घटनाक्रमबारे छलफल र आवश्यक निर्णय हुने बताइएको छ । हालै कांग्रेस उपसभापति धनराज गुरुङको नाम सहकारी ठगीमा जोडिएको छ । 

    तर, उनले आफू निर्दोष रहेको दाबी गर्दै आएका छन् । यस्तै उपसभामुख इन्दिरा रानाको विषयमा पनि बैठकमा छलफल गरेर कसरी अघि बढ्ने भन्नेबारे निर्णय हुने एक नेताले बताए । 

    सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलको बैठकले अमेरिकी दूतावासलाई लेखेको पुरानो पत्रबारे प्रश्न उठाउँदै उपसभामुखलाई पदबाट हटाउनेबारे छलफल भएको थियो । सो विषय बाहिरिएपछि मंगलबार संसदमा पक्ष र विपक्षमा चर्को बहस भएको थियो । यस्तै सहकारी ठगीमा नाम जोडिएको धनराजले संसदमै आफू निर्दोष रहेको प्रष्टीकरण दिने प्रयास गरेका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend