२०८३, आश्विन २१ गते

images
  • अटो
  • सुजुकीको सबैभन्दा धेरै फिचर लोडेड भिक्टोरियस...

सुजुकीको सबैभन्दा धेरै फिचर लोडेड भिक्टोरियस नेपालमा सार्वजनिक, यस्तो छ विशेषता

सुजुकीको सबैभन्दा धेरै फिचर लोडेड भिक्टोरियस नेपालमा सार्वजनिक, यस्तो छ विशेषता

सोमवार, पौष २१ २०८२०४:१३
सोमवार, पौष २१ २०८२०४:१३
  • images

    काठमाडौँ । नेपाली बजारमा सुजुकीको भिक्टोरियस सार्वजनिक भएको छ ।सुजुकी गाडीको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले आफ्नो अहिलेसम्मकै सबैभन्दा धेरै फिचर भएको भिक्टोरियस सार्वजनिक गरेको हो ।

    कम्पनीका अनुसार भिक्टोरियस आधुनिक डिजाइन, नयाँ प्रविधि र उच्च सुरक्षा मापदण्डलाई ध्यानमा राखेर विकास गरिएको हो ।

    यसमा १.५ लिटर पेट्रोल इन्जिन दिइएको छ, जसमा माइल्ड–हाइब्रिड र स्ट्रङ हाइब्रिड विकल्प उपलब्ध छन् । यसबाहेक कम्पनीले सीएनजी भेरियन्ट पनि उपलब्ध गराएको छ । गाडीमा म्यानुअल र अटोमेटिक ट्रान्समिसनको विकल्प दिइएको छ ।

    सुरक्षाको हिसाबले भिक्टोरियसमा ६ वटा एयरब्याग, एबीएस, ईबीडी, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल लगायतका फिचर समावेश छन् । कम्पनीका अनुसार गाडीले फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ ।

    फिचरका रूपमा भिक्टोरियसमा ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, पूर्ण डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, प्यानोरामिक सनरुफ, वायरलेस चार्जिङ, भेन्टिलेटेड सिट र कनेक्टेड कार टेक्नोलोजी दिइएको छ । साथै एडीएएस प्रविधि पनि उच्च भेरियन्टमा उपलब्ध गराइएको छ ।

    SN 3.png

    यसमा एलईडी हेडलाइट र टेललाइट, आकर्षक फ्रन्ट ग्रिल र मस्कुलर एसयूभी लुक दिइएको छ । भित्री भागमा प्रिमियम फिनिस र फराकिलो क्याबिन रहेको कम्पनीले जनाएको छ ।

    शक्तिशाली प्रदर्शन र अत्याधुनिक प्रविधिका कारण यस एसयूभीले प्रतिष्ठित भारतीय उत्कृष्ट कार अवार्ड २०२५’ अवार्ड जित्न सफल भएको छ ।

    सीजी मोटोकर्पले यस एसयूभीको सुरुवाती मूल्य ५० लाख ९९ हजार रुपैयाँ तोकेको छ । साथै कम्पनीले लिमिटेड समयका लागि लञ्चिङ अफर पनि सार्वजनिक गरेको छ, जसअनुसार पहिलो ५० बुकिङका लागि अधिकतम २ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनससहितको प्रारम्भिक मूल्यमा उपलब्ध हुनेछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend