२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • कांग्रेस शीर्ष नेताहरुको बैठक: उपसभामुख रानामगरको...

कांग्रेस शीर्ष नेताहरुको बैठक: उपसभामुख रानामगरको राजीनामा माग्ने निर्णय

कांग्रेस शीर्ष नेताहरुको बैठक: उपसभामुख रानामगरको राजीनामा माग्ने निर्णय

बुधवार, भाद्र २६ २०८११२:५७
बुधवार, भाद्र २६ २०८११२:५७
  • images

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगरको राजीनामा मागेको छ। बुधबार बिहान बसेको कांग्रेसका शीर्ष नेताहरुको बैठकले उपसभामुख रानामगरको राजीनामा माग्ने निर्णय गरेको हो। उपसभामुख रानागरले मुलुकको शीर झुकाउने कार्य गरेकाले कांग्रेसले उनको राजीनामा मागेको हो। 

    उपसभामुख रानामगरले राष्ट्रसंघको ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औं सत्रमा सहभागी हुन पाँच जनाको अन्तर्वार्ता अगाडि सारिदिन नेपालस्थित अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन्। सो पत्र बाहिरिएपछि उनी विवादमा तानिएकी हुन्। 

    बुधबार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको संयुक्त बैठकपछि प्रमुख सचेतक श्याम घिमिरेले उपसभामुख रानामगरमाथि उठेको विषय सामान्य नभएको बताए। 

    ‘परराष्ट्र मार्फत भएर जानुपर्ने कुरा आफैंले लेख्नुभएको छ, उहाँले गर्नै नहुने काम गर्नुभएको छ, संसदलाई नै अपमानित गरेको छ भन्ने हाम्रो बुझाइ छ,’ घिमिरेले भने। 

    यही विषयमा छलफल गर्न कांग्रेसले आजै संसदीय दलको बैठक बोलाउने निर्णय गरेको छ। बैठकको समय भने तय भइसकेको छैन। 

    सोमबार साँझ प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलहरुको बैठकमा पनि उपसभामुख रानामगरलाई हटाउने विषयमा छलफल भएको थियो। 
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend