२०८३, आश्विन २१ गते

images

अनलाईनबाट कम्पनी दर्ता सेवा स्थगित

अनलाईनबाट कम्पनी दर्ता सेवा स्थगित

सीएनएन खबर
बुधवार, भाद्र २६ २०८१०४:०३
सीएनएन खबर
बुधवार, भाद्र २६ २०८१०४:०३
  • images

    काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयले तत्कालका लागि अनलाईन बाट कम्पनी दर्ताका सम्पूर्ण कार्यहरु स्थगित गरेको छ । कार्यालयले मंगलबार एक सूचना जारी गर्दै अनलाईनबाट हुने कम्पनी दर्ताका सम्पूर्ण कार्यहरु स्थगीत भएको जनाएको हो । 

    कार्यालयले केही समयदेखि कम्पनी दर्तादेखि अद्यावधिक लगायतका सम्पूर्ण कामहरु अनलाईन माध्यमबाट गर्दै आएको थियो । उक्त कार्य विरुद्ध अदालतमा मुद्दा परेको थियो । अदालतको असार १९, साउन १७, भदौ ९ र १६ गतेको आदेश बमोजिम तत्कालका लागि उक्त कार्य स्थगीत भएको सूचनामा उल्लेख छ । 

    अदालतले ती निर्णय र सूचनाहरू कार्यान्वयन नगर्न/नगराउन भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि अनलाइन सेवाका सबै काम ठप्प भएको हो ।

    company.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend