२०८३, आश्विन २१ गते

images

सांसदलाई उपत्यका नछाड्न कांग्रेसको निर्देशन

सांसदलाई उपत्यका नछाड्न कांग्रेसको निर्देशन

बुधवार, भाद्र २६ २०८११०:२८
बुधवार, भाद्र २६ २०८११०:२८
  • images

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले सांसदलाई उपत्यकाबाहिर नजान निर्देशन दिएको छ। बुधबार साँझ प्रमुख सचेतक श्याम घिमिरेले सांसदहरुलाई म्यासेज पठाउँदै असोज ३ गतेसम्म उपत्यका बाहिर नजान निर्देशन दिएका हुन्। सचेतक घिमिरेले उपत्यका बाहिर रहेका सांसदहरुलाई पनि काठमाडौं फर्किन भनेका छन्। 

    उपसभामुख इन्दिरा रानामगरलाई हटाउने तयारी स्वरुप कांग्रेस आफ्ना सांसदलाई उपत्यका नछाड्न सर्कुलर गरेको हो। सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले भने मंगलबार नै आफ्ना सांसदहरुलाई उपत्यका नछाड्न निर्देशन दिइसकेको छ।  
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend