काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ४ हजार १०० रुपैयाँले बढेर २ लाख ७४ हजार ७ सय रुपैयाँ कायम भएको हो ।
अघिल्लो कारोबार दिन आइतबार छापावाल सुन तोलामा २ लाख ७० हजार ६ सय रुपैयाँ कायम भएको थियो ।
यस्तै सोमबार चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा ४ हजार ९९० रुपैयाँ कायम कायम भएको चाँदीको मूल्य सोमबार बढेर ५ हजार १९५ रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।
महासंघका अनुसार सोमबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ३५ हजार ५१० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार ४९४ रुपैयाँमा कारोबार भईरहेको छ ।

