२०८३, आश्विन २२ गते

images
  • कर्पोरेट
  • सुनचाँदीको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ...

सुनचाँदीको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

मंगलवार, पौष २९ २०८२१०:५२
मंगलवार, पौष २९ २०८२१०:५२
  • images

    काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा एक हजार ८ सय रुपैयाँले बढेर २ लाख ७६ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

    अघिल्लो दिन सोमबार छापावाल सुन तोलामा २ लाख ७४ हजार ७ सय रुपैयाँ कायम भएको थियो ।

    यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा ५ हजार १९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर ५ हजार ३४० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।

    महासंघका अनुसार मंगलबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ३७ हजार ५५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार ५७८ रुपैयाँमा कारोबार भईरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend