२०८३, आश्विन २१ गते

images
  • समाचार
  • पशुपति कोटीहोम चलाएका कृष्णमूर्ति भन्छन्, ‘७२...

पशुपति कोटीहोम चलाएका कृष्णमूर्ति भन्छन्, ‘७२ लाख रुपैयाँ घाटा भयो’

पशुपति कोटीहोम चलाएका कृष्णमूर्ति भन्छन्, ‘७२ लाख रुपैयाँ घाटा भयो’

बिहिवार, भाद्र २७ २०८१०२:४४
बिहिवार, भाद्र २७ २०८१०२:४४
  • images

    काठमाडौं । पशुपति मन्दिरमा एक महिनासम्म आयोजना भएको कोटिहोममा आम्दानी भन्दा खर्च धेरै भएको दाबी गरिएको छ। कोटीहोम सकिएको करिब एक महिनामा आयव्यय विवरण सार्वजनिक गर्दै आयोजक विजय कृष्णमूर्तिले ७२ लाख ५० हजार ३०४ रुपैयाँ घाटा भएको सार्वजनिक गरेका छन्।

    कृष्णमूर्तिका अनुसार कोटीहोममा कुल २० करोड १५ लाख ८२ हजार ४९० रुपैयाँ १५ पैसा बराबर नगद र द्रव्य दान संकलन भएको थियो। यस्तै, कोटीहोमका लागि २० करोड ८८ लाख ३२ हजार ७९४ रुपैयाँ ३८ पैसा खर्च भएको उनले बताए । यस अनुसार कृष्णमूर्तिको दाबी छ।

    महायज्ञमा कबोल भएको मध्ये डेढ करोडदेखि दुई करोड रूपैयाँ आउन बाँकी रहेको पत्रकार सम्मेलनमा जानकारी गराइयो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend