२०८३, आश्विन २१ गते

images

पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ

पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ

बिहिवार, भाद्र २७ २०८१०९:०५
बिहिवार, भाद्र २७ २०८१०९:०५
  • images

    काठमाडौं । पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ परेका छन् । श्रेष्ठलाई पोखरास्थित उनकै क्लिनिकबाट प्रहरीले नियन्त्रणमा लिएको हो। उनलाई लागूऔषध बिक्री गरेको आरोपमा पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ।

    कास्की प्रहरीले लागू औषधसहित एक जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका ४२ वर्षका प्रकाश थापामगरले लागूऔषध श्रेष्ठको औषधि पसलबाट किनेको बयान दिएपछि श्रेष्ठलाई पक्राउ गरिएको एक प्रहरी अधिकृतले बताए । ढाकाकुमार श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद हुन् । आर्थिक अनियमितता प्रकरणको अडियो टेप बाहिरिएपछि उनलाई पार्टीले साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको थियो । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend