२०८३, आश्विन २१ गते

images

बागलुङमा जीप दुर्घटना, तीन जनाको मृत्यु

बागलुङमा जीप दुर्घटना, तीन जनाको मृत्यु

सीएनएन खबर
शुक्रवार, भाद्र २८ २०८११०:४५
सीएनएन खबर
शुक्रवार, भाद्र २८ २०८११०:४५
  • images

    काठमाडौँ । गलकोट नगरपालिका–२ भुङ्खानीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छभने एक जना घाइते भएका छन् । दुर्घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको हो ।

    बागलुङ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार, गलकोटतर्फ गइरहेको जीप आज बिहान दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका र ज्यान गुमाएकाको परिचय खुल्न सकेको छैन । 

    दुर्घटनामा एक पुरुष घाइते भएका छन् । प्रहरी घटनास्थलमा पुगेर उद्धारमा जुटेको छ । घाइतेलाई उद्धार गरी बागलुङ अस्पताल पठाइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend