२०८३, आश्विन २१ गते

images
  • समाचार
  • बागलुङ दुर्घटनाः आमाको उपचार गर्न काठमाडौँ...

बागलुङ दुर्घटनाः आमाको उपचार गर्न काठमाडौँ आइन, घर पुग्न नपाइ बाटैमा अस्ताए आमा छोरी

बागलुङ दुर्घटनाः आमाको उपचार गर्न काठमाडौँ आइन, घर पुग्न नपाइ बाटैमा अस्ताए आमा छोरी

शुक्रवार, भाद्र २८ २०८१०१:२०
शुक्रवार, भाद्र २८ २०८१०१:२०
  • images

    काठमाडौँ । बागलुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा भएको जीप दुर्घटनामा रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढाको निधन भएको छ । उक्त दुर्घटनामा ३३ वर्षीया बुढासँगै उनकी आमा ६१ वर्षीया गोपीमाया बुढा तथा अर्का एक पुरुषको समेत मृत्यु भएको छ । 

    अर्का पुरुष वडा नम्बर २ का अध्यक्ष करिब ४० वर्षीय जसबहादुर श्रीपाली रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार रा१झ २०० नं को सरकारी जीप आज बिहान गलकोट–२ भुङ्खानीमा सडकबाट करिब तीन सय मिटर तल खसेको थियो । तीनै जनाको घट्नास्थलमै ज्यान गएको उनले बताए । घटनास्थलबाट एक घाइतेलाई उद्धार गरी उपचारका लागि धौलागिरि अस्पताल पठाइएको छ । 

    रुकुम पूर्वका सहायक प्रमुख जिल्ला अधिकारी जीवनकुमार खड्काका अनुसार उक्त जीपमा पुथाउत्तरगङ्गा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी सवार थिए । उपाध्यक्ष बुढा केही दिनअघि आमालाई लिएर काठमाडाँै गएको जानकारी पाएको उनले बताए । 

    दुर्घटनास्थलमा परिचयपत्र फेला परेपछि मात्र दुर्घटनामा उपाध्यक्ष बुढा परेको खुलेको थियो । बिहानै जीप दुर्घटनामा परे पनि स्थानीयले घाँस काट्न जाने बेला देखेपछि उनीहरुले स्थानीय प्रहरीलाई खबर गरेका थिए । जीपमा कति जना सवार थिए भन्ने यकिन नभएको सहायक प्रजिअ खड्काले बताए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend