काठमाडौं । नेकपा माओवादी केन्द्रको बैठकले राष्ट्रियसभामा रिक्त रहेको दुई समितिमध्ये एकमा उम्मेदवारी दिने निर्णय गरेको छ। राष्ट्रियसभा अन्तरगतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमध्ये एकमा उम्मेदवारी दिने निर्णय भएको हो।
अर्को एउटा समितिमा एकीकृत समाजवादीलाई समर्थन गर्ने निर्णय गरेको छ । शुक्रबार संसदीय दलको कार्यालय सिंहदरबारमा सबेको दलको बैठकले उक्त निर्णय लिएको हो। सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिको निर्वाचनमा मायाप्रसाद शर्मालाई उठाउने निर्णय भएको जनाइएको छ। समितिका सभापतिको निर्वाचन भदौ ३१ गते हुने गरी निर्वाचन कार्यक्रम प्रकाशन भएको छ।

