२०८३, आश्विन २१ गते

images

रोहित र एरिका वर्षको उत्कृष्ट खेलाडी

रोहित र एरिका वर्षको उत्कृष्ट खेलाडी

शुक्रवार, भाद्र २८ २०८११०:२१
शुक्रवार, भाद्र २८ २०८११०:२१
  • images

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल र करातेकी एरिका गुरुङ पल्सर स्पोर्ट्स अवार्डमा वर्षको उत्कृष्ट खेलाडी बनेका छन्।

    शुक्रबार आयोजित एक समारोहबीच उनीहरू वर्षको उत्कृष्ट खेलाडीको अवर्डा प्रदान गरियो। रोहित पुरुषतर्फ उत्कृष्ट खेलाडी बनेका हुन्। यसक्रममा उनले टिममेट दीपेन्द्रसिंह ऐरी, फुटबलका अनन्त तामाङ, करातेका मोहम्मद शेखु आलम र गल्फका सुवास तामाङ लाई पछि परो।

    रोहित आईसिसी विश्वकप लिग–२ खेल्न क्यानडामा रहेकाले अवार्ड समारोहमा उपस्थित भएनन्। उनको अवार्ड आमा र दाजुले लिएका थिए। यस्तै, एरिका महिलातर्फ वर्षको उत्कृष्ट खेलाडी बनेकी हुन्। एरिकाले १९औं १९औं एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी थिइन्। 

    यो विधामा कबड्डीकी मेनुका राजवंशी, क्रिकेटकी रुबिना क्षेत्री, फुटबलकी सावित्रा भण्डारी र एथलेटिक्सकी सन्तोषी श्रेष्ठ मनोनयनमा थिए। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend