२०८३, आश्विन २१ गते

images
  • समाचार
  • आजको मौसमः केही प्रदेशमा भारी वर्षाको...

आजको मौसमः केही प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसमः केही प्रदेशमा भारी वर्षाको सम्भावना

सीएनएन खबर
शनिवार, भाद्र २९ २०८१०७:१९
सीएनएन खबर
शनिवार, भाद्र २९ २०८१०७:१९
  • images

    काठमाडौँ । आज देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । 

    विभागका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

    कोशी र गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ भने कोशी प्रदेशको तराई भू(भागको थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend