२०८३, आश्विन २१ गते

images

कुपण्डोलमा भासियो सडक

कुपण्डोलमा भासियो सडक

शनिवार, भाद्र २९ २०८१०४:२६
शनिवार, भाद्र २९ २०८१०४:२६
  • images

    काठमाडौं । ललितपुर कुपण्डोलमा सडककोबीच भाग नै भासिएको छ । भासिएको सडकबाट ठूलो पानी निस्किएको छ । कुपण्डोलबाट पुल्चोतर्फ जाँदा होटल हिमालय अगाडिको सडक फुटेर पानी निस्केको हो । सडकबाट पानी निस्कँदा गाडी, मोटरसाइकल चालक र सडक छेउका व्यापारीहरुलाई समस्या भएको छ  ।

    के कारणले सडक भासिएको भन्ने खुलेको छैन । वर्षा नभएको बेला सडक भासिनुले मेलम्चीको पाइप फुटेर सडक भासिएको हुन सक्ने अनुमान गरिएको छ । सडकमा बगेको पानीले यातायात समेत प्रभावित बनेको छ । पानीको बहावका कारण केही मोटरसाइकल समेत लड्न पुगेका थिए । अहिले बगिरहेको पानी भने रोकिएको छ । यसअघि काठमाडौंको इमाडोलमा पनि सडक भासिएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend