काठमाडौँ । आइतबार बिहान मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालबाट त्रिशूली नदीमा एउटा ट्रक खसेको छ ।
यसअघि असार २८ गते दुई वटा बस खसेकै स्थानबाट पुनः ट्रक त्रिशुली नदीमा खसेको हो । सडकबाट खसेको ट्रक नदी किनारामै अड्कीएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी भेषराज रिजालले जानकारी दिए ।
उनका अनुसार ना ६ ख ६२८३ नम्बरको ट्रक त्रिशूली नदी किनारमा खसेको हो । ट्रक त्रिशूली नदीमा पुग्नबाट भने जोगिएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

