काठमाडौँ । नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा आज बिक्री वितरण हुने नेपाल ग्यासको विवरण सार्वजनिक गरेको छ। निगमले काठमाडौँका ८४ स्थानबाट ६ हजार ८७० सिलिन्डर बिक्री वितरण हुने जनाएको छ।
बजारमा ग्यास आपूर्ति असहज बनिरहेको अवस्थामा नेपाल ग्यासप्रति उपभोक्ताको आकर्षण बढेकाले नेपाल ग्यास उद्योगले बुधबार काठमाडौं जिल्लाका ८४ वटा डिलरमा ६ हजार ८७० थान सिलिन्डर ग्यास पठाएको हो।
आफूलाई पायक पर्ने ग्यास डिलरमा पुगेर ग्यास खरिद गर्न नेपाल ग्यासले उपभोक्तालाई आग्रह गरेको छ । काठमाडौंमा सबैभन्दा धेरै उपभोक्ता भएकाले ग्यास सञ्चित नगर्न पनि कम्पनीको अनुरोध गरेको छ । काठमाडौंका बजारमा नेपाल ग्यासको मात्रै आठ लाख सिलिन्डर बजारमा रहेको नेपाल कम्पनीको दाबी छ ।

