२०८३, आश्विन २१ गते

images
  • अटो
  • सुजुकी ‘विन्टर फ्री सर्भिस क्याम्प’ माघ...

सुजुकी ‘विन्टर फ्री सर्भिस क्याम्प’ माघ २५ देखि, ८ ग्राहकहरूले ‘स्टेकेसन प्याकेज’ जित्ने मौका पाउने

सुजुकी ‘विन्टर फ्री सर्भिस क्याम्प’ माघ २५ देखि, ८ ग्राहकहरूले ‘स्टेकेसन प्याकेज’ जित्ने मौका पाउने

सीएनएन खबर
शुक्रवार, माघ २३ २०८२११:१६
सीएनएन खबर
शुक्रवार, माघ २३ २०८२११:१६
  • images

    काठमाडौँ । सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन तथा नेपालका लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले आगामी माघ २५ देखि २७ गते, २०८२ सम्म देशव्यापी “विन्टर फ्री सर्भिस क्याम्प” आयोजना गर्ने भएको छ ।

    जाडो मौसमले सवारी साधनमा नदेखिने खालका समस्याहरू निम्त्याउन सक्छ। चिसोको समयमा पनि गाडीको कार्यक्षमता दुरुस्त राख्न कम्पनीले आफ्ना ग्राहकहरूलाई सवारी जाँच गराउन सुझाव दिएको छ। यस क्याम्पको मुख्य उद्देश्य चिसो मौसमले गाडीमा पार्ने प्रभावबारे ग्राहकहरूलाई सचेत गराउनु र उत्कृष्ट सेवा प्रदान गर्नु हो ।

    यस क्याम्पअन्तर्गत सुजुकीका ग्राहकहरूले निःशुल्क सवारी जाँच, मर्मत सम्भारमा विशेष छुट र चिसो मौसममा गाडीलाई सुरक्षित राख्ने सम्बन्धमा विशेषज्ञको सल्लाह प्राप्त गर्नेछन्। कम्पनीले सबै सुजुकी धनीहरूलाई यस अवसरको फाइदा उठाई आफ्नो सवारी साधनलाई सधैं राम्रो अवस्थामा राख्न प्रोत्साहन गरेको छ ।

    सर्भिस क्याम्पका दौरान ग्राहकहरूले विभिन्न छुट र अफरहरूका साथै आकर्षक उपहारको अवसर पनि पाउनेछन्। सहभागी ग्राहकहरूमध्ये ८ भाग्यशाली जोडीले नगरकोटस्थित भङ्गेरी दरबार रिसोर्टमा ’स्टेकेसन प्याकेज’ प्राप्त गर्नेछन् ।

    सर्भिस क्याम्पका मुख्य सुविधाहरूः
    निःशुल्क एसी र हिटर जाँच
    ब्याट्रीको निःशुल्क जाँच
    निःशुल्क एसडीटी जाँच
    सम्पूर्ण गाडीको वृहत् निरीक्षण 
    लेबर चार्जमा २० प्रतिशत सम्म छुट
    स्पेयर पाट्र्स र इन्जिन आयलमा १० प्रतिशत सम्म छुट

    यो ’विन्टर फ्री सर्भिस क्याम्प’ नेपालभर रहेका सुजुकीका सबै सर्भिस सेन्टरहरूमा सञ्चालन हुनेछ। देशभर ५४ वटा सर्भिस आउटलेट भएको सुजुकी नेपालकै सबैभन्दा ठूलो सर्भिस नेटवर्क भएको ब्रान्ड हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend