२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • स्थानीय तहको उपनिर्वाचन मंसिर १६ मा...

स्थानीय तहको उपनिर्वाचन मंसिर १६ मा हुने

स्थानीय तहको उपनिर्वाचन मंसिर १६ मा हुने

आइतवार, भाद्र ३० २०८१०९:०६
आइतवार, भाद्र ३० २०८१०९:०६
  • images

    काठमाडौं ।  स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते हुने भएको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले मंसिर १६ गते उपचुनाव गर्ने निर्णय गरेको हो। मन्त्रिरिषद् बैठकले निर्वाचन आयोजका पदाधिकारीसँगको छलफलपछि आयोगकै सुझावका आधारमा उपनिर्वाचनको मिति घोषणा गरेको हो। 

    तीन पालिका प्रमुखसहित ३९ पद रिक्त छ। काठमाडौंको कीर्तिपुर नगपालिका तथा मोरङको ग्रामनाथ र दैलेखको महाबु गाउँपालिकाको प्रमुख पद रित्त छ । दोलखाका गौरीशंगर, कालीकोटको नलगाड र डोल्पाको त्रिपुरासुन्दरी गाउँपालिकाको उपप्रमुख पद पनि रिक्त छ। २६ कात्तिकमा अन्तिम मतदाता नामावली प्रकाशित गर्ने आयोगको आन्तरिक तयारी छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend