२०८३, आश्विन २१ गते

images
  • समाचार
  • नारायणगढ–मुग्लिन सडक: नौ किलोमा सडक भासियो,...

नारायणगढ–मुग्लिन सडक: नौ किलोमा सडक भासियो, एकतर्फी यातायात सञ्चालन

नारायणगढ–मुग्लिन सडक: नौ किलोमा सडक भासियो, एकतर्फी यातायात सञ्चालन

सीएनएन खबर
सोमवार, भाद्र ३१ २०८१०८:०२
सीएनएन खबर
सोमवार, भाद्र ३१ २०८१०८:०२
  • images

    काठमाडौँ । नारायणगढ–मुग्लिन सडक अन्तर्गत नौकिलोमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ । इच्छाकामना गाउँपालिका–६ मा पर्ने सो सडक आइतबार भासिएको थियो ।  

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार सडक छेउमा लगाएको तारजालीको भाग भासिएर करिब पाँच मिटर चिरिएको थियो ।

    सडक एक फिटजति दबेका कारण यातायात एकतर्फी सञ्चालन भइरहेको उनले जानकारी दिए । सडक डिभिजन कार्यालयसँग समन्वय गरेर सडक मर्मत गरिने सुरुभएको बताइएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend