२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • निर्वाचनका लागि भारतले सहयोग गरेपछि प्रधानमन्त्रीले...

निर्वाचनका लागि भारतले सहयोग गरेपछि प्रधानमन्त्रीले दिईन धन्यवाद

निर्वाचनका लागि भारतले सहयोग गरेपछि प्रधानमन्त्रीले दिईन धन्यवाद

सीएनएन खबर
मंगलवार, माघ २७ २०८२०३:००
सीएनएन खबर
मंगलवार, माघ २७ २०८२०३:००
  • images

    काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका लागि छिमेकी मित्रराष्ट्र भारतले गरेको सहयोगका लागि धन्यवाद दिएकी छिन् । 

    प्रधानमन्त्री कार्कीले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई सिंहदरबारमा बोलाएर मुलुकको विशेष अवस्थामा हुन लागेको निर्वाचनलाई सहज रूपमा सम्पन्न गर्न सवारी साधन लगायत विभिन्न सामग्री उपलब्ध  गराएकोमा धन्यवाद दिईन । 

    जवाफमा भारतीय राजदूत श्रीवास्तवले नेपालको लोकतान्त्रिक प्रक्रियामा सदैव साथ रहने र मित्रवत् छिमेकीका नाताले सहयोग गर्नु आफ्नो कर्तव्य रहेको बताए । 

    साथै निर्वाचनपछि नेपालले हासिल गर्ने लोकतान्त्रिक र संवैधानिक स्थिरता भारतका लागि पनि महत्त्वपूर्ण हुने उनको भनाइ थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend