काठमाडौं । रामेछापको मन्थली नगरपालिका–६ बेनीघाट पुल नजिकै तामाकोसी नदीमा बस खस्दा १२ जनाको मृत्यु भएको छ। मृतकमध्ये ११ जनाको सनाखत भइसकेको छ भने एक जनाको परिचय खुल्न बाँकी रहेको छ।
रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार सनाखत भएका मृतकमध्ये रामेछापका ८ जना, दोलखाका २ जना र सिन्धुलीका १ जना रहेका छन्। एक जनाका आफन्त हालसम्म सम्पर्कमा आएका छैनन्।
मंगलबार बिहान काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गरेको बा प्र ००१–०५ ख ९९७५ नम्बरको पूर्व अरनिको यातायात प्रालिको बस पुष्पलाल (मध्यपहाडी) लोकमार्ग अन्तर्गत मन्थली–खुर्कोट खण्डमा बिहान १०ः४० बजे दुर्घटनामा परेको हो।
दुर्घटनालगत्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले उद्धार कार्य गरेको थियो। दुर्घटनामा ७ जना पुरुष र ५ जना महिलाको मृत्यु भएको पुष्टि गरिएको छ। सबै मृतकको शव मन्थली अस्पतालमा राखिएको छ।
मृतकहरूको विवरण (१२ जना)
-
बबि तामाङ (२५), भिमेश्वर नगरपालिका–७, दोलखा
-
मानबहादुर तामाङ (६०), भिमेश्वर नगरपालिका–८, दोलखा
-
दिपेश बस्नेत (२८), लिखु तामाकोशी गाउँपालिका–४, रामेछाप
-
सानुमाया तामाङ (३५), लिखु तामाकोशी गाउँपालिका–७, रामेछाप
-
तारा तामाङ (३१), लिखु तामाकोशी गाउँपालिका–७, रामेछाप
-
भिमबहादुर तामाङ (३६), लिखु तामाकोशी गाउँपालिका–७, रामेछाप
-
रमिता तामाङ (१६), लिखु तामाकोशी गाउँपालिका–७, रामेछाप
-
दिपेन्द्र बस्नेत (२५), लिखु तामाकोशी गाउँपालिका–४, रामेछाप
-
मानकुमारी बरुवाल (४५), लिखु तामाकोशी गाउँपालिका–६, रामेछाप
-
विशाल सुनुवार (२४), उमाकुण्ड गाउँपालिका–६, रामेछाप
-
शिव श्रेष्ठ (३४), गोलन्जोर गाउँपालिका–६, सिन्धुली
-
नाम, थर र वतन नखुलेको (अन्दाजी ५०–५५ वर्ष), पुरुष
घाइतेहरूको अवस्था
दुर्घटनामा चालकसहित ८ जना घाइते भएका छन्। चालक सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन् र प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ। अन्य घाइतेमध्ये ६ जनाको धुलिखेल अस्पतालमा र १ जनाको सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको छ।
घाइतेहरूको नामावली
-
देवकी खड्का (३३), मन्थली नगरपालिका–१२, रामेछाप
-
सुशान्त थापा मगर (३१), मन्थली नगरपालिका–११, रामेछाप
-
सोनामतेन्जी शेर्पा (५२), उमाकुण्ड गाउँपालिका–५, रामेछाप
-
निष्मा शेर्पा (६), उमाकुण्ड गाउँपालिका, रामेछाप
-
ओलकबहादुर थापा (७१), लिखु तामाकोशी गाउँपालिका–४, रामेछाप
-
समिर श्रेष्ठ (२१), खाँडादेवी गाउँपालिका–३, रामेछाप
-
निलिमा तामाङ (१७), भिमेश्वर नगरपालिका–७, दोलखा
-
जयबहादुर तामाङ (४५), खिजिदेम्बा गाउँपालिका–२, ओखलढुंगा

