२०८३, आश्विन २१ गते

images

राष्ट्रिय सभाका दुई समिति सभापति निर्वाचित

राष्ट्रिय सभाका दुई समिति सभापति निर्वाचित

सोमवार, भाद्र ३१ २०८१०२:४१
सोमवार, भाद्र ३१ २०८१०२:४१
  • images

    काठमाडौं । राष्ट्रिय सभाअन्तर्गत दुई समितिका सभापति निर्वाचित भएका छन्। विधायन व्यवस्थापन समिति सभापतिमा तुलसाकुमारी दाहाल र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिमा मायाप्रसाद शर्मा सोमबार निर्वाचित भएका हुन्। 
    दाहाल नेकपा (एमाले) की सांसद हुन् भने शर्मा नेकपा (माओवादी केन्द्र) का सांसद हुन्। राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले नवनिर्वाचित सभापतिहरूलाई शपथग्रहण गराएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend